07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

८८८ संक्रमित थपिए




८८८ संक्रमित थपिए

काठमाडौं, ३० साउन ।  नेपालमा थप ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट ५ हजार ७३७ जनाको नमूना परीक्षण गर्दा सोमबार ८८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 
मन्त्रालयका अनुसार ३ हजार १५५ जनाको पीसीआर परीक्षण गर्दा ४२७ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, २ हजार ५८२ जनाको एन्टिजेन परीक्षण गर्दा ४६१ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ।
 
एन्टिजेन परीक्षणको नतिजामा एसएमएस र ईमेलबाट प्राप्त विवरण समेत समावेश गरिएको मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६४ जना कोभिड १९ संक्रमित थपिएका छन् । आज काठमाडौंमा १९८, भक्तपुरमा २४ र ललितपुरमा ४२ जना संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या तीन हजार २५७ पुगेको छ । 

सक्रिय संक्रमितको संख्या ५ हजार ३८७ पुगेको छ। २४ घण्टाको अवधिमा ४७४ जना संक्रमित संक्रमण मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ। 

पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको विवरण प्राप्त भएको मन्त्रालयले जानकारी दिएको छ। नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९८९ पुगेको छ।




यसमा तपाइको मत


Comments