06 Chaitra, 2080 / 19 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

वामदेव र बाबुराम ‘हँसिया हथौडा’बाट चुनाव लड्ने




वामदेव र बाबुराम ‘हँसिया हथौडा’बाट चुनाव लड्ने

काठमाडौं, ३१ साउन । नेकपा माओवादी केन्द्रले वामदेव गौतम र डा। बाबुराम भट्टराईलाई माओवादीको चुनाव चिह्न ‘हँसिया हथौडा’बाट निर्वाचनमा प्रतिस्पर्धा गर्न दिने स्वीकृत गरेको छ । 
पेरिसडाँडामा मंगलबार बसेको स्थायी कमिटी बैठकले आगामी निर्वाचनमा गौतम संयोजक रहेको राष्ट्रिय एकता अभियान र डा. भट्टराई नेतृत्वको नेपाल समाजवादीलाई हँसिया हथौडा चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । 

गौतम र भट्टराईको आग्रहअनुसार नै पार्टीले निर्णय गरेको उनले बताए ।  गौतम र भट्टराई कमरेडले हाम्रो चुनाव चिह्नबाट आगामी संसदीय चुनावमा लड्ने विचार गर्नुभयो,’ प्रवक्ता महराले भने, ‘त्यसलाई हामी स्वागत गर्छौं। उहाँहरु र उहाँको पार्टीका अन्य सदस्यहरुलाई चुनावमा सहभागी हुन हामीले स्वीकृति गर्‍यौँ ।’

साथै मंगलबार नै बाबुराम र माओवादीले संयुक्त चुनाव चिह्नबाट लड्ने जानकारी दिन निर्वाचन आयोग जाने कार्यक्रम रहेको नेता हरिबोल गजुरेल बताए ।  । गौतमको पार्टी आयोगमा दर्ता नभएकाले जानकारी गराउनुनपर्ने उनले जानकारी दिए ।  
 



Related News


यसमा तपाइको मत


Comments