12 Ashwin, 2079 / 28 September , 2022

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

नागरिकता विधेयकलाई तत्काल प्रक्रियामा लैजाने सत्तारुढ दलको निर्णय




नागरिकता विधेयकलाई तत्काल प्रक्रियामा लैजाने सत्तारुढ दलको निर्णय

काठमाडौं, ३१ साउन । सत्तारुढ पाँच दलीय गठबन्धनले राष्ट्रपतिबाट फिर्ता आएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई तत्काल प्रक्रियामा लैजाने निर्णय गरेको छ । 
मंगलबार बसेको गठबन्धन बैठकमा राष्ट्रपतिबाट फिर्ता आएको उक्त विधेयकलाई तत्काल प्रक्रियामा लैजाने सहमति भएको सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 
राष्ट्रपति विद्यादेवी भण्डारीले सुझाव सन्देशसहित विधेयक फिर्ता पठाएको जानकारी मंगलबार संसद बैठकलाई जानकारीसमेत दिइएको छ । राष्ट्रिय सभा र प्रतिनिधिसभाबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको उक्त विधेयकका केही प्रावधानमा पुनर्विचार गर्न भन्दै राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा फिर्ता पठाएका हुन् । 


Secondary Middle


यसमा तपाइको मत


Comments

Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom


Maruti