12 Ashwin, 2079 / 28 September , 2022

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

प्रधानन्यायाधीश जबराको दोस्रो दिनको बयान सकियो, ४३ मध्ये ६ वटा प्रश्न सोधियो




प्रधानन्यायाधीश जबराको दोस्रो दिनको बयान सकियो, ४३ मध्ये ६ वटा प्रश्न सोधियो

काठमाडौं, १६ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको दोस्रो दिनको बयान सकिएको छ । उनलाई आज ११ बजे महाअभियोग सिफारिस समिति बैठकले बयानका लागि सिंहदरवारमा बोलाएको थियो । 

समितिका सदस्यहरुले आज उनलाई दुईवटा प्रश्न सोधेका थिए । योसहित ४३ मध्ये ६ वटा प्रश्न सोधिएको छ । समितिले १९ भदौ बिहान ११ बजे उनलाई बयानका लागि बोलाएको छ । 

बुधबारबाट उनको बयान सुरु गरिएको हो । गत १ फागुनमा सत्तारुढ दलका सांसदहरुले जबराविरुद्ध महाअभियोगको प्रस्ताव प्रतिनिधिसभामा दर्ता गरेका थिए । प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले उनको बयान लिन थालेको हो । 

बयानका क्रममा उनले महाअभियोग प्रस्ताव नै निस्क्रिय भइसकेको र न्यायाधीश, बार पदाधिकारी र राजनीतिक दलका नेतामाथि गम्भीर आरोप लगाएका थिए । 
 


Secondary Middle

Related News


यसमा तपाइको मत


Comments

Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom


Maruti