16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

युक्रेनको ठूलो बाँधमा रुसी क्षेप्यास्त्र आक्रमण




युक्रेनको ठूलो बाँधमा रुसी क्षेप्यास्त्र आक्रमण

एजेन्सी । दक्षिणी युक्रेनको एउटा मुख्य बाँधमा रुसले क्षेप्यास्त्र आक्रमण गरेको छ । ठूलो बाँधमा आठ वटा क्षेप्यास्त्र प्रहार भएको बीबीसीले उल्लेख गरेको छ । बाँधमा भएको आक्रमणबाट बाढीको जोखिम भएपछि प्रशासनले स्थानीयवासीलाई अन्तै जान अनुरोध गरेको छ ।
क्रिभी रिहको दुई जिल्लाका २२ वटा बस्तीका मानिसहरू जोखिममा परेका नगर प्रमुख ओलेक्सान्डर भिल्कुलले बताउनुभएको छ । बाँध फुटेको ठाउँमा एक सय क्युबिक मिटर प्रतिसेकेन्ड (क्युसेक) को गतिमा पानी बगेको र त्यसैका कारण इन्हुलेट्स नदीमा जलस्तर खतरनाक ढङ्गले बढिरहेको खबरमा उल्लेख छ । क्रिभी रिह युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको जन्मस्थान पनि हो ।



Related News


यसमा तपाइको मत


Comments