15 Chaitra, 2080 / 28 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

निक्षेपको ब्याजदरमा गरेको ‘भद्र सहमति’ खारेज 




निक्षेपको ब्याजदरमा गरेको ‘भद्र सहमति’ खारेज 

काठमाडौं, ३० भदौ ।  नेपाल बैंकर्स संघले निक्षेपको ब्याजदरमा गरेको ‘भद्र सहमति’ खारेज गर्ने निर्णय गरेको छ । असोज महिनामा बैंकहरुले निक्षेपको ब्याजदर बढाएर प्रकाशित गर्ने भएका छन् ।
बैंकहरुले असारका लागि हाल कायम रहेको ११।०३ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार १० प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको हो । 
नेपाल बैंकर्स संघले ६ महिनादेखि भद्र सहमति कायम गर्दै सबै बैंकमा एउटै ब्याजदर कायम गरेका थिए । राष्ट्र बैंकले साउनमै ब्याजदर बढाउन सन्देश दिएपनि अटेर गरेर बसेका बैंकहरुले एक अर्काबीच निक्षेप खोसाखोस गरेर बसेका थिए । तर, असोजको लागि भने निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दतीतर्फ नै बढेर १२।१३ प्रतिशत पुग्ने भएको छ । भदौमा औसत ११.०३ प्रतिशत ब्याजदरको १० प्रतिशत वृद्धि गर्दा बैंकहरुले असोजमा १२.१३ प्रतिशत पुग्नेछ ।




यसमा तपाइको मत


Comments