13 Ashwin, 2080 / 30 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

गोठाटारमा गोली प्रहारबाट घाइतेको उपचारका क्रममा मृत्यु




गोठाटारमा गोली प्रहारबाट घाइतेको उपचारका क्रममा मृत्यु

काठमाडौं, ३ असोज । काठमाडौं गोठाटारमा अज्ञात व्यक्तिले चलाएको गोली लागेर घाइते व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ। सोमबार साँझ गोठाटारमा गोली प्रहार हुँदा सर्लाहीको गोडैता नगरपालिका–२ मुस्लिम टोलका लाल मोहम्मद दर्जी घाइते भएका थिए। गोली लागेर गम्भीर घाइते भएका दर्जीलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएको थियो। 
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराले गोली लागेर घाइते भएका दर्जीको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए। 
कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित कृष्ण मन्दिर नजिकै गोली चलेको हो। प्रहरीका अनुसार पल्सर मोटरसाइकलमा आएका २ जनाले गोली प्रहार गरेका थिए। गोली प्रहार गरेर फरार भएकाहरुको खोजी भइरहेको एसएसपी बोहोराको भनाइ छ।


Secondary Middle

Related News


यसमा तपाइको मत


Comments

Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom