15 Chaitra, 2080 / 28 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

विभागले म्यानपावर कम्पनीलाई शाखा कार्यालय खोल्न अनुमति दिने




विभागले म्यानपावर कम्पनीलाई शाखा कार्यालय खोल्न अनुमति दिने

काठमाडौं, ५ असोज ।  वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरूलाई शाखा कार्यालय खोल्न अनुमति दिने भएको छ । कामदार वैदेशिक रोजगारीमा पठाउने सङ्ख्याको आधारमा शाखा कार्यालय खोल्न पाउने विभागले जनाएको छ । 

वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न विभागबाट इजाजत लिएका म्यानपावर कम्पनीले देशभित्रै शाखा कार्यालय खोल्न चाहेमा विभागले अनुमति दिनु पर्ने कानुनी व्यवस्था छ । यही व्यवस्था अनुसार विभागले शाखा कार्यालय खोल्न चाहने म्यानपावर कम्पनीलाई निवेदन पेस गर्न समेत आह्वान गरेको छ । 

कुनै पनि म्यानपावर कम्पनीले शाखा कार्यालय खोल्नका लागि वैदेशिक रोजगार व्यवसाय गर्ने इजाजत लिएको कम्तीमा पनि एक वर्ष पूरा भएको हुनु पर्ने छ ।  वार्षिक तीन हजार जनासम्म कामदार पठाउने लक्ष्य राखेका म्यानपावर कम्पनीले बढीमा तीन वटासम्म र पाँच हजार जनाभन्दा बढी कामदार पठाउने लक्ष्य राखेका म्यानपावर कम्पनीले बढीमा ६ वटासम्म शाखा कार्यालय खोल्न पाउने छन् । तर एक प्रदेशमा एकभन्दा बढी शाखा कार्यालय भने खोल्न नपाइने नियम रहेको छ ।  
 



Related News


यसमा तपाइको मत


Comments