08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

नेपालको आर्थिक वृद्धि अझ खस्कने एडिबीको प्रक्षेपण




नेपालको आर्थिक वृद्धि अझ खस्कने एडिबीको प्रक्षेपण

काठमाडौं, ५ असोज । एसियाली विकास बैंक (एडीबी)ले सन् २०२३ मा नेपालको अर्थतन्त्र सन् २०२२ को तुलनामा अझ खस्किने प्रक्षेपण  गरेको छ।  एडिबीले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको हो।
एडीबीले सार्वजनिक गरेको 'एसियन डेभलपमेन्ट आउटलुक २०२२' मा नेपालको आर्थिक वृद्धि सन् २०२२ को तुलनामा सन् २०२३ मा अझ घट्ने प्रक्षेपण गरेको हो।  

एडीबीले सन् २०२२ मा नेपालको अर्थतन्त्रमा ५.८ प्रतिशतको वृद्धि हुने प्रक्षेपण गरेको थियो ।  सार्वजनिक प्रतिवदेनमा सन् २०२४ मा नेपालको वैदेशिक मुद्राको संचितीमा अझ गिरावट आउने र मुद्रास्फितीमा थप दबाब पर्ने समेत जनाइएको छ।

सरकारले आयात नियन्त्रणका लागि अपनाउने आवश्यक औजारहरुका कारण अर्थतन्त्रको वृद्धि खुम्चिने जोखिम बढ्ने देखिएको प्रतिवदेनमा उल्लेख छ। आयात नियन्त्रणसँगै आन्तरिक उत्पादन र उपभोगसमेत घट्ने जोखिमहरु इंगित गर्दै एडिबीले यस्ता गतिविधिले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिलाई नकारात्मक प्रभाव पार्ने बताएको छ।

प्रतिवेदनले  कडा मौद्रिक नीतिका कारण नेपालको कुल ग्राहस्थ उत्पादन प्रभावित हुने भन्दै निर्यातमा जोड दिनुपर्ने उल्लेख गरेको छ।

प्रतिवेदन सार्वजनिक गर्दै नेपालका लागि एडिबीका कन्ट्री डाइरेक्टर आनो कुस्वाले भने –'कोभिड १९ महामारीपछिको लकडाउन, डेंगु ज्वरोको प्रकोप लगायतले नेपालको स्वास्थ्य प्रणालीलाई कमजोर बनाइदिएको छ भने विभिन्न प्राकृतिक प्रकोपहरुबाट समेत जोखिम ब्योहोर्नुपरिरहेको छ। यसैगरी भूराजनीतिक अवस्थाले पनि नेपालको आर्थिक वृद्धिलाई कमजोर बनाउनेछ।'



Related News


यसमा तपाइको मत


Comments