09 Ashwin, 2080 / 26 September , 2023
काठमाडौं, ६ असोज । काठमाडौं महानगरले वीर अस्पताल अगाडि रहेका अवैध संरचनामा डोजर चलाएको छ । बिहीबार महानगरले अवैध रुपमा बनेका ती टहरामा ९फार्मेसी० मा डोजर चलाएको हो ।
अस्पतालको भवनदेखि उत्तर तर्फ रहेका अनधिकृत संरचना डोजर लगाएर हटाउन सुरु गरिएको महानगरले जनाएको छ । महानगरपालिकाले ३५ दिन अगाडि नै ती टहराका व्यवसायीहरुलाई सूचना दिएको थियो भने बुधबार पनि २४ घण्टे सूचना जारी गरेको थियो ।
नक्सामा बगैँचा देखिएको ठाउँमा टहरा निर्माण गरी औषधि पसल सञ्चालन गरेको पाइएपछि महानगरपालिकाले त्यस्ता टहरा हटाउन सुरु गरेको हो ।