09 Ashwin, 2080 / 26 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

मकवानपुरको भीमफेदी बस दुर्घटना हुँदा ६ जनाको मृत्यु




मकवानपुरको भीमफेदी बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाडौं, ६ असोज । मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरिखेतमा यात्रुवाहक मिनि बस दुर्घटना भएको छ । दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । अहिले प्रहरीको टोली घटनास्थल पुगेर उद्धार गरिरहेको प्रहरीले जनाएको छ ।
बसमा सवार यात्रुको संख्या यकिन नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दियो । शवको पहिचान भने खुलिनसकेको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट हेटौंडा जाँदै गरेको बा।३ ख ७८५८ नम्बरको बस भीमफेदी गाउँपालिका ६ जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना भएको हो । घुम्तीमा बस मोड्ने क्रममा ब्रेक नलागेपछि बस तल खसेको हुनसक्ने प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगेर घाइतेको उद्धार गरिरहेको छ ।
 


Secondary Middle

Related News


यसमा तपाइको मत


Comments

Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom