13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

इरानी नागरिकमाथिको इन्टरनेटमा प्रतिबन्ध हटाउने अमेरिकाको निर्णय




इरानी नागरिकमाथिको इन्टरनेटमा प्रतिबन्ध हटाउने अमेरिकाको निर्णय

एजेन्सी । अमेरिकाले इरानमाथि लगाइएकौ इन्टरनेट प्रतिबन्ध फकुवा गर्ने निर्णय गरेको छ। इरानले मुलुकमा प्रतिबन्ध लगाएको इन्टरनेट प्रतिबन्धलाई जवाफ दिन अमेरिकाले यस्तो निर्णय गरेको हो। इरानमा प्रहरी हिरासतमा एक महिलाको मृत्यु भएसँगै आन्दोलन चर्किएको छ।
यस बारेको जानकारी धेरै मानिससम्म नपुगोस् भन्ने हेतुले इरानले इन्टरनेटमाथि प्रतिबन्ध लगाएको छ। 
‘हामी इरानका नागरिक संसारबाट एक्लो नहुन् र अँध्यारोमा बस्नु नपरोस् भनेर उनीहरुलाई सहयोग गर्न गइरहेका छौं’, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भने। सफ्टवेयर कन्ट्रोलको नियम खुकुलो पारिएसँगै अब अमेरिकी कम्पनीले इरानमा आफ्नो सेवा प्रदान गर्न सक्छन्।  एक वर्षदेखि चलिरहेको आन्दोलनमा इरानमा अहिलेसम्म कम्तीमा ३५ जनाको मृत्यु भएको छ। गत साता २२ वर्षीया महसा अमिनीलाई इरानको नैतिक प्रहरीले टाउको नछोपेको भन्दै पक्राउ गरेको थियो।
सो क्रममा उनको टाउकोमा प्रहरीले गरेको प्रहारको कारण उनी कोमामा पुगेकी थिइन्। प्रहरीले भने उनलाई टाउकोमा प्रहार गरेको कुनै प्रमाण नपाइएको र उनी हार्टअट्याकको कारण कोमामा पुगेको दाबी गरेको छ। 
यससँगै इरानमा सरकारविरोधी आन्दोलन चर्किएको छ। अमेरिकी विदेशमन्त्री ब्लिन्केनले अमेरिकाले इरानी नागरिकको आधारभूत अधिकारको सम्मान गर्दै आशिंकरुपमा प्रतिबन्ध हटाउने निर्णय गरेको बताए। उनले इरानको सरकार आफ्नै जनतासँग डराएको आरोपसमेत लगाए। 
ब्लिन्केनले घोषणासँगै अर्बपति इलोन मस्कले इरानमा स्टारलिंकको माध्यमबाट मानिसहरुलाई सेवा प्रदान गर्ने घोषणा गरेका छन्। स्टारलिंकले स्याटेलाइटको माध्यमबाट इन्टरनेट सेवा प्रदान गर्नेछ। 



Related News


यसमा तपाइको मत


Comments