16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सार्वजनिक यातायातलाई सुरक्षित बनाउन सहसचिवको संयोजकत्वमा समिति




सार्वजनिक यातायातलाई सुरक्षित बनाउन सहसचिवको संयोजकत्वमा समिति

काठमाडौं, ९ असोज । सरकारले सार्वजनिक यातायातलाई सुरक्षित र व्यवस्थित गर्न एवं सडक दुर्घटनालाई न्यूनीकरण गर्न गृह मन्त्रालयका सहसचिव फणीन्द्रमणि पोखरेलको संयोजकत्वमा एक समिति गठन गरेको छ ।
मन्त्रिपरिषद् बैठकको शुक्रबार बसेको बैठकले नागरिकको आवागमनलाई सहज, सुरक्षित र भरपर्दो बनाउन सवारी साधनको यान्त्रिक परीक्षण, भारबहन क्षमता, सवारीको गति, टाइम कार्डको अवलम्बनलगायत विषयमा अनुगमन, नियमन, सुपरिवेक्षण, निर्देशन र समन्वय गर्न समिति गठन गरेको हो ।

चाडबाडको समय सुरु भएसँगै सरकारले सार्वजनिक यातायातलाई व्यवस्थित बनाउने नाममा विभिन्न कार्य गरे पनि त्यसको ठोस परिणाम भने देखिने गरेको छैन ।

असोज ६ गते मात्रै मकवानपुरको भीमफेदी र रुकुमपूर्वको भुमेमा गाडी दुर्घटना हुँदा १२ जनाले ज्यान गुमाएका थिए भने दर्जनौं घाइते भएका छन् ।
 




यसमा तपाइको मत


Comments