16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

देउवामाथि दबाब दिन पार्टी कार्यालयमा धर्ना दिने शेखर समूहको निर्णय




देउवामाथि दबाब दिन पार्टी कार्यालयमा धर्ना दिने शेखर समूहको निर्णय

काठमाडौं, १० असोज । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला समुहले पार्टी कार्यालयमा धर्ना दिने भएको छ । सोमबार ठमेलस्थित होटल यात्रीमा बसेको शेखर पक्षको बैठकले सभापति शेरबहादुर देउवामाथि दबाब बढाउन यही बुधबार दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा धर्ना दिने निर्णय गरेको हो ।
गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनदेखि सभापति देउवाप्रति रुष्ट बनेको कोइराला समुह मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचनको विषयमा पनि असन्तुष्ट बनेको छ ।
वर्तमान प्रधानमन्त्री समेत रहेका देउवाले आफूहरुलाई सधै पेलेरै पार्टीमा हरेक निर्णय  गर्ने गरेको उक्त पक्षको जनाएको छ ।  त्यसकारण समान अवसर र न्यायका लागि एक घण्टे धर्ना कार्यक्रम तय गरिएको शेखर पक्षको दावी छ । 

डा. कोइराला समुहले एकल बहुमत ल्याउने गरी भागबन्डा गर्न सभापति देउवालाई निरन्तर दबाब दिँदै आएको छ । उक्त पक्षले कम्तीमा पनि कांग्रेसलाई १०० सिट राखेर बाकिँ रहेका सिट अन्य दलहरूलाई भागबन्डा गर्नुपर्ने प्रस्ताव सभापति देउवा समक्ष राख्दै आएको हो ।
 




यसमा तपाइको मत


Comments