07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

एकैदिन एक हजार ५१ जनामा डेंगु, संक्रमितको संख्या २५ हजार ५ सय नाघ्यो




एकैदिन एक हजार ५१ जनामा डेंगु, संक्रमितको संख्या २५ हजार ५ सय नाघ्यो

काठमाडौं, १० असोज । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ५१ जनामा  डेंगु संक्रमण पुष्टि भएको छ । योसँगै सोमबारसम्म डेंगु पुष्टि हुनेको सँख्या २५ हजार ५४३ जना रहेको छ ।  आइतबारसम्म २४ हजार ४९२ जनामा डेंगु संक्रमण भएको थियो ।
अहिलेसम्म डेंगु संक्रमणका कारण ३२ जनाको मृत्यु भएको छ । बागमती प्रदेशमा १९ हजार ९१०, लुम्बिनी प्रदेशमा २ हजार ८८७, सुदूरपश्चिममा ८०४, प्रदेश १ मा ७७५, गण्डकीमा ५५६, मधेशमा ३८० र कर्णालीमा २३१ जनामा डेंगु संक्रमण भएको छ ।




यसमा तपाइको मत


Comments