16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

नयाँ बसपार्कमा यात्रुको बढ्दो चहलपहल




नयाँ बसपार्कमा यात्रुको बढ्दो चहलपहल

काठमाडौं, ११ असोज । बडादसैँ सुरु भएसँगै नयाँ बसपार्कमा घर जाने यात्रुको चहलपहल बढेको छ । गत वर्षमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण कम यात्रुहरू घर गए पनि यसवर्ष भने दसैँ सुरु भएसँगै नयाँ बसपार्क क्षेत्रमा घर जाने यात्रुको चहलपहल बढेको हो ।

देशको विभिन्न क्षेत्रबाट सङ्घीय राजधानी काठमाडौँमा अध्ययन, अध्यापन, व्यापार, व्यवसाय र रोजगारीका लागि आएका चाडपर्व मनाउन घर जान सुरु गरेसँगै नयाँ बसपार्क क्षेत्रमा यात्रुको चहलपहल बढेको हो ।
सरकारले लामो तथा मध्यम दुरीका यात्रुलाई दसैँमा सहज घर जानका लागि गत असोज १ गतेदेखि अग्रीम टिकट बुकिङ खुला गरेको थियो । छोटो दुरीका सवारी साधनका लागि पनि टिकट बुकिङ खुला भइसकेको छ ।

नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्ल लामो तथा मध्यम दूरीमा जाने यात्रुका लागि असोज १ देखि खुला गरिएको टिकट बुकिङमा हालसम्म ७० हजार यात्रुले अग्रीम टिकट लिएको बताउछन्। छोटो दुरीका सवारीसाधनको अग्रीम टिकट बुकिङ खुला भएको छ । काठमाडौँदेखि पोखरा, बाग्लुङ, पर्वत, गोरखा, लमजुङ, रसुवा, धादिङ, नुवाकोटलगायतमा जाने यात्रुका लागि लक्षित गरी अग्रीम टिकट बुकिङ खुला गरिएको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव एवं प्रवक्ता डेकनाथ गौतमले गत वर्षको तुलनामा यसवर्ष दसैँमा घर जाने यात्रुको सङ्ख्या बढ्ने बताउँछन्। 
दशैँ, तिहारका लागि आआफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले देशभर ‘रुट परमिट’ समेत खुला गरेको छ । दसैँको पूर्णिमा ९असोज २३ गते० सम्मका लागि लागि यात्रु आ–आफ्नो घर जान र फर्कन सजिलो होस् भनी उक्त व्यवस्था गरेको हो । रुट परमिट खुला गरेसँगै व्यवसायीले यात्रुलाई सहज गन्तव्यसम्म लैजानका लागि परेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । कार्यालयले विभागको सहकार्यमा राजधानीको नागढुङ्गा, कलङ्की, स्वयम्भू, माछापोखरी, नयाँ बसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जगाती, साङ्गा, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा यात्रु सहायता कक्ष राखेको हो ।
 




यसमा तपाइको मत


Comments