14 Mangshir, 2079 / 30 November , 2022

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

विदेशबाट यी सामान ल्याउँदा भन्सार तिर्नु पर्दैन 




विदेशबाट यी सामान ल्याउँदा भन्सार तिर्नु पर्दैन 

काठमाडौं, ११ असोज । दशैँको बेला छ । वैदेशिक रोजगारीमा रहेका धेरै नेपालीहरु आफन्तसँगै दशैँ मनाउन घर फर्किँदै छन् । तर दशैँमा घर फर्किदा केहि सामानहरु भन्सार शुल्क नतिरी सामान ल्याउन पाइन्छ भने केहिमा भन्सार लाग्ने गर्दछ ।  आज हामी कुन– कुन सामानमा भन्सार शुल्क लाग्छ भनेर प्रष्ट पार्दैछौं । 

कुन–कुन सामग्री ल्याउँदा भन्सार शुल्क लाग्दैन। कुन सामग्री ल्याउँदा कति भन्सार लाग्छ तरु

नेपाल सरकार अर्थ मन्त्रालयले निजी प्रयोगका मालवाहक वस्तु सम्बन्धमा गरेको व्यवस्थाअनुसार विदेशबाट फर्किने व्यक्तिले उल्लिखित सबै वा कुनै मालसामान ल्याउँदा भन्सार महसुल पूर्ण छुट हुने व्यवस्था गरेको छ।

  • लुगाफाटा, बरबिछ्यौना, घर गृहस्थीका पुराना सामान
  • औषधी, उपचार गराई फर्केका बिरामीले ल्याएका औषधी
  • शारीरिक रूपमा अशक्त यात्रुले सहाराको रूपमा प्रयोग गरेका सामान जस्तैः ह्विलचियर, बैशाखी
  • सुनको गहना ५० ग्रामसम्म, चाँदीको गहना पाँच सय ग्रामसम्म र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहरातजडित सुनका वा चाँदीका साथमा ल्याएको गहना
  • ट्याब्लेट, ल्यापटप, कम्प्युटर, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर मोबाइल फोन र पेन ड्राइभ एक/एक थान
  • बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक/एक थान
  • पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामान एक/एक थान (जस्तैः डाक्टरका लागि ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप)
  • खेलाडीको खेलकुदसम्बन्धी सामान जस्तै फुटबल, भलिबल, ब्याडमिन्टन सेट। गवैयाको सामान्य बाजा (जस्तैः गितार हार्मोनियम, तबला, जस्ता सामानहरू)
  • सात किलोग्रामसम्म खाद्य परिकार
  • मदिरा एक लिटरसम्मको एक बोतल।
  •  
  • भन्सार महसुल तिरेर कुन कुन समान ल्याउन पाइन्छ? 
  • टेलिभिजन, म्युजिक सिस्टम, रेफ्रिजरेटर, वासिङ मेसिन, पंखा, रेडियो, एकरएक सेट
  • शरीरमा लगाउने लुगाफाटा, जुत्ता, कस्मेटिक्स आदि बढीमा १५ थान
  • घरायसी प्रयोगका सामान्य किसिमका उपकरण (मिक्सर, जुसर, सिलाइ मेशिन, ग्यासटेबुल, इस्त्री, राइस कुकरजस्ता) दुई/दुई थान
  • दश किलोसम्म खाद्य परिकार
  • व्यवसायिक पेशामा लागेका (डाक्टर, इन्जिनियर जस्ता) यात्रुको दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान दुई/दुई थान
  • नितान्त घरव्यवहारमा आवश्यक पर्ने सामान बढीमा दुई/दुई थान
  • सीमाभन्दा बढी मूल्यको सामान भएमा बढी मूल्यमा प्रचलित आर्थिक ऐनअनुसार महशुल लाग्नेछ।

  • छ महिनाभन्दा बढी एक वर्षसम्म विदेशमा बसी फर्केमा १५ हजार रुपैयाँसम्म
  • एक वर्षभन्दा बढी जतिसुकै अवधि विदेशमा बसी फर्केमा २५ हजार रुपैयाँसम्म
  • १६ वर्षभन्दा कम उमेरका यात्रुले छुट सीमाको ५० प्रतिशत शुल्क तिर्नु पर्नेछ

Secondary Middle

Related News


यसमा तपाइको मत


Comments

Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom