14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

ग्लोबल हंगर इन्डेक्सः नेपाल दक्षिण एसियाको दोस्रो स्थानमा




ग्लोबल हंगर इन्डेक्सः नेपाल दक्षिण एसियाको दोस्रो स्थानमा

काठमाडौं, २९ असोज ।  नेपाल वैश्विक भोकमरी सूचकाङ्क (ग्लोबल हंगर इन्डेक्स)मा नेपाल ८१ औं स्थानमा पुगेको छ । हालै सार्वजनिक सन् २०२२ को ग्लोबल हंगर इन्डेक्समा नेपालको अवस्थामा भारत, पाकिस्तान र बंगलादेशको भन्दा राम्रो देखिएको हो ।

गत वर्ष ११६ देशको वरियतामा नेपाल यो सूचकांकको ७६औं स्थानमा थियो । १२१ देशको वरियतामा नेपाल ८१औं स्थानमा छ भने भारत १०७औं स्थानमा रहेको छ । पाकिस्तान ९९औं स्थानमा रहँदा बंगलादेश ८४औं स्थानमा पुगेको छ । यो सूचिमा दक्षिण एसियाकै राम्रो अवस्थामा श्रीलंका देखिएको छ । आर्थिक समस्या झेलिरहेको श्रीलंका यो सूचकांकमा ६४औं स्थानमा रहेको छ । दक्षिण एसियामा सबैभन्दा कमजोर रहेको अफगानिस्तान १०९औं स्थानमा छ ।

वैश्विक भोकमरी सूचकांक विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय स्तरमा भोकमरीको विस्तृत मापन र ट्र्याकिङ हो । कुपोषण, गम्भीर शिशु कुपोषण, अवरुद्ध वृद्धि र बाल मृत्युदरसहित चार सूचकहरुको मानमा यसको मापन गरिन्छ ।

जीएचआईलाई १०० अंक मानेर यसको आधारमा देशको भोकमरीको गम्भीरताको स्थिति देखाइन्छ । कुनै देशको अवस्था शून्य छ भने त्यो राम्रो अवस्था हो । यो अंक १०० हुनु सबैभन्दा खराब अवस्था हो । नेपालको उक्त स्कोर १९.१ रहेको छ । यो मध्यम श्रेणीमा पर्छ । छिमेकी भारतको उक्त स्कोर २९.१ रहेको छ जुन गम्भीर श्रेणीमा पर्छ । १७ विकसित देशहरूको यो स्कोर ५ भन्दा कम छ ।




यसमा तपाइको मत


Comments