12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

लक्ष्मी पूजाको ‘पिक आवर’मा पनि बिजुली निर्यात




लक्ष्मी पूजाको ‘पिक आवर’मा पनि बिजुली निर्यात

काठमाडौं, ८ कात्तिक । नेपाल विद्युत् प्राधिकरणले लक्ष्मी पूजाको बेलुका पनि भारतमा बिजुली निर्यात गरेको छ । नेपालमा बढी भएको बिजुली भारतीय बजारमा बेच्न थालिएसँगै पहिलो पटक यसपालि प्राधिकरणले लक्ष्मी पूजाको बेलुका पनि बिजुली भारत निर्यात गरेको हो ।

प्राधिकरणका अनुसार हिजो बेलुका पिक आवरमा बढी भएको ३८० मेगावाट बिजुली भारतीय बजारमा बेचिएको छ । लक्ष्मी पूजाको बेलुका ६ बजेर १० मिनेटमा नेपालमा सबैभन्दा धेरै बिजुली माग थियो । त्यो समयमा १ हजार ३ सय ५ मेगावाट बिजुली खपत भएको प्राधिकरणले जनाएको छ ।

गएको वर्ष लक्ष्मी पूजाको दिन पिक आवरमा बिजुलीको माग १ हजार २ सय ७० मेगावाट थियो । गएको वर्षको तुलनामा यस वर्षको लक्ष्मीपूजाका बेला पिक आवरको माग ३५ मेगावाटले बढी हो ।

विगतका वर्षहरुमा लक्ष्मीपूजाको माग धान्नका लागि बिजुली आयात हुँदै आएकोमा यसवर्ष आन्तरिक उत्पादनले लक्ष्मीपूजाको ‘पिक लोड’ धानेको छ ।

अझ खपत हुन नसकेको बिजुली भारत समेत निर्यात भएको छ भने २ सय मेगावाट बराबरको बिजुली खपत हुन नसकेर खेर समेत गएको छ ।  प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गएको जेठ १९ गतेदेखि  बिक्री सुरू गरेको थियो ।
 




यसमा तपाइको मत


Comments