14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

जहाज संख्या बढाउँदै कुवेतको जजिरा एयरवेज




जहाज संख्या बढाउँदै कुवेतको जजिरा एयरवेज

काठमाडौं, १५ कात्तिक । कुवेतको वायुसेवा कम्पनी जजिरा एयरवेजले जहाज संख्या विस्तारका लागि दुई अर्ब अमेरिकी डलर खर्चिने भएको छ। यो कम्पनीले बैंक ऋण लिएर एयरबसको २८ वटा न्यारोबडी जहाज किन्ने योजना बनाएको हो।

कम्पनीले यो रकममार्फत २० वटा एयरबस ३२० नियोस र आठवटा एयरबस ३२१ नियो सिरीजको जहाज खरिद गर्ने तयारी रहेको जनाएको छ। जहाज संख्या विस्तार भएसँगै कम्पनीले मध्यपूर्व, एसिया र यूरोपतर्फका विभिन्न गन्तब्यमा उडान संख्या विस्तार गर्ने जनाएको छ।

हाल यो कम्पनीले आठवटा एयरबस ३३०–२०० एस र ११ वटा एयरबस ३२० नियोस गरी कुल १९ वटा जहाजमार्फत विभीन्न अन्तर्राष्ट्रिय गन्तब्यमा नियमीत व्यावसायिक उडान गर्दै आएको छ।




यसमा तपाइको मत


Comments