16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

भारतीय सर्वोच्चद्वारा राजिव गान्धीको हत्याका सबै दोषीलाई रिहा गर्न आदेश




भारतीय सर्वोच्चद्वारा राजिव गान्धीको हत्याका सबै दोषीलाई रिहा गर्न आदेश

एजेन्सी । भारतीय सर्वोच्च अदालतले राजिव गान्धी हत्या प्रकरणका सबै दोषीलाई रिहा गर्न आदेश दिएको छ । अदालतले ६ जना दोषीलाई रिहा गर्न आदेश दिएको हो । जसमा नलिनी र आरपी रविचन्द्रन पनि पर्छन् । उनीहरु सबै आजीवन कारावासको सजाय भोगिरहेका छन् ।

मे १८ मा सर्वोच्च अदालतले यस मामिलामा दोषी पेरारिवलनलाई राम्रो आचरणका कारण रिहा गर्न आदेश दिएको थियो । बाँकी दोषीले पनि सोही आदेशलाई उद्धृत गर्दै अदालतबाट रिहा गर्न माग गरेका थिए । नलिनी र रविचन्द्रन दुवैले ३० वर्षभन्दा बढी जेलमा बिताइसकेका छन् ।

२१ मे सन् १९९१ मा एक चुनावी सभाका बेला तमिलनाडुमा एक आत्मघाती हमलामा राजिव गान्धीको हत्या गरिएको थियो । यो मामिलामा पेरारिवलनसमेत ७ जनालाई दोषी पाइएको थियो । टाडा अदालत र सर्वोच्च अदालतले पेरारिवलनलाई मृत्युदण्डको सजया सुनाएको थियो । तर पछि सर्वोच्च अदालतले मृत्युदण्डको सजायलाई जन्मकैदमा फेरिदिएको थियो ।



Related News


यसमा तपाइको मत


Comments