13 Ashwin, 2080 / 30 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

उपत्यकामा मंसिर १ देखि निर्वाचन अवधिभर मदिरा बिक्री वितरणमा रोक




उपत्यकामा मंसिर १ देखि निर्वाचन अवधिभर मदिरा बिक्री वितरणमा रोक

काठमाडौं, ३० कात्तिक । काठमाडौं उपत्यकामा मंसिर १ देखि निर्वाचन अवधिभर मदिरा बिक्री वितरणमा रोक लगाउने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले बुधबार सो निर्णय गरेका हुन् ।  मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ को मध्यराति सम्म मदिरा बिक्रीमा रोक लगाउने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए । मतगणनास्थलमा चाहिँ गणना नसकिएसम्म मदिरा बेचबिखन गर्न पाइँदैन । मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ । 

त्यस्तै, उपत्यकामा मंसिर ४ मा सवारी–साधन संचालनमा रोक लगाउने निर्णय गरिएको छ । निर्वाचन आयोगले तोकेको मापदण्ड बाहेकका सवारी–साधन संचालनमा रोक लगाउने निर्णय गरिएको प्रजिअ उपाध्यायले जानकारी दिए । तीनवटै जिल्ला प्रशासन कार्यालयले मंसिर १ र २ मा अत्यावश्यक बाहेकका सेवा स्थगन गर्ने निर्णय गरेका छन् ।


Secondary Middle


यसमा तपाइको मत


Comments

Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom