12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

हिमाली र उच्च पहाडी जिल्लामा हिमपात 




हिमाली र उच्च पहाडी जिल्लामा हिमपात 

काठमाडौं, २ मंसिर । हिमाली र उच्च पहाडी जिल्लामा हिमपात भइरहेकाले त्यस क्षेत्रको यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्को आग्रह छ । पर्वातारोहण वा पदयात्रासँगै अहिले चुनावका लागि निर्वाचन अधिृकतसहितको टोली उच्च पहाडी र हिमाली  जिल्लाका मतदान केन्द्रमा पुग्दैछन् ।

हिमपातका कारण समस्या आउन सक्ने भएकाले त्यसतर्फ जाँदा पूर्व तयारी अपनाउन मौसमविद् मञ्जु बासीको सुझाव छ । हिमाली केही जिल्लामा केही दिनदेखिको हिमपातले बाक्लो हिउँ जमेको छ । जसका कारण सुरक्षित रुपमा चुनावका सामग्रीसँगै चुनावमा खटिने टोलीलाई मतदान केन्द्रसम्म पुग्न कठिनाइ भइरहेको छ । केही ठाउँमा निर्वाचन आयोगले हेलिकप्टरमार्फत् पुर्याउँदैछ ।  

आज पनि हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना छ । यस्तै, प्रदेश(१, बाग्मती र गण्डकी प्रदेशको मौसम आंशिक बदली हुने र बेलुकीपख पहाडी क्षेत्रका थोरै ठाउँमा  हल्का वर्षाको अनुमान रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 




यसमा तपाइको मत


Comments