14 Mangshir, 2079 / 30 November , 2022

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

रुसी आक्रमणः एक करोड युक्रेनी नागरिक बिजुलीबाट वञ्चित




रुसी आक्रमणः एक करोड युक्रेनी नागरिक बिजुलीबाट वञ्चित

एजेन्सी । रुसले गरेको नयाँ क्षेप्यास्त्र आक्रमणका कारण झण्डै एक करोड युक्रेनी नागरिक बिजुलीबाट वञ्चित भएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एक करोड युक्रेनीहरू विद्युत् आपूर्तिबाट वञ्चित हुन पुगेको बताए । 
बिजुली आपूर्ति व्यवस्था सामान्य बनाउन हरेक प्रयास गरिरहेको उहाँको भनाइ छ । जापोरिजाको दक्षिण पश्चिमतर्फ पर्ने नीकोपोल सहर क्षेत्रमा हजारौँ घरमा पानी र बिजुली आपूर्ति बन्द छ । रुसले युक्रेनमाथि गएराति पनि क्षेप्यास्त्र प्रहार गरेको छ ।
आक्रमणको निशानामा भवन र ऊर्जा केन्द्रहरू परेका छन् । युक्रेनी राष्ट्रपतिका अनुसार दक्षिणी सहर जापोरिजा नजिकै रहेको अपार्टमेन्टको एक भागमा क्षेप्यास्त्र प्रहार हुँदा सात जना मारिएका छन् । २३ जना घाइते भएका युक्रेनी अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ । एकपछि अर्को आक्रमण हुन थालेपछि युक्रेनीहरूलाई हवाई सुरक्षा सतर्कताको चेतावनी दिइएको छ।
 


Secondary Middle

Related News


यसमा तपाइको मत


Comments

Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom