13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

नक्कली मतपत्र र स्वस्तिक छापसहित दुई जना पक्राउ




नक्कली मतपत्र र स्वस्तिक छापसहित दुई जना पक्राउ

काठमाडौं, २ मंसिर । पर्सा प्रहरी कार्यालयले वीरगञ्जबाट नक्कली मतपत्र र स्वस्तिक छापसहित दुई जनालाई पक्राउ गरेको छ । गएराति वीरगञ्जको सीमानाकामा गाडीमा जाँच गर्दा बागमती प्रदेश ०१–०२५ च ६६३६ नम्बरको कारबाट १० हजार थान नक्कली मतपत्र र दुई सय ५० थान स्वस्तिक छाप तथा नगद दुई लाख ५० हजारसहित दुई जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा बाराको कलैया महानगरपालिका वडा नम्बर १८ को वर्ष २३ को अमिरी राउत कुर्मी र वीरगञ्ज नगरपालिका वडा नम्बर १६ बस्ने वर्ष ३३ को राजन सिंह रहेको पर्सा प्रहरीले जनाएको छ ।

 




यसमा तपाइको मत


Comments