08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

माओवादीले सिन्धुलीबाट खोल्यो खाता




माओवादीले सिन्धुलीबाट खोल्यो खाता

काठमाडौं, ७ मंसिर । नेकपा (माओवादी केन्द्र)ले सिन्धुलीबाट प्रतिनिधसभा सदस्यमा जितको सुरुवात गरेको छ । माओवादी उम्मेदवार लेखनाथ दाहाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । 
माओवादीका दाहालले २७ हजार ५ सय १७ मत ल्याएर निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमका अनुसार दाहाल एमालेका उम्मेदवार मनोजसंग थापाभन्दा ६ हजार १ सय ६२ को मतान्तरले निर्वाचित भएका छन् । थापाले २१ हजार ३ सय ५५ मत प्राप्त गरेको छ ।
सिन्धुलीमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अनोजकुमार दाहाल तेस्रो भएका छन् । उनले १ हजार ५ सय ५३ मत प्राप्त गरेका थिए । राप्रपाका भिष्मराज श्रेष्ठ भने चौथो भए । उनले १ हजार ३ सय ४० मत प्राप्त गरेका छन् ।




यसमा तपाइको मत


Comments