08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

प्रतिनिधिसभा समानुपातिकतर्फ ८४ लाख मतगणना, एमालेले कटायो २३ लाख




प्रतिनिधिसभा समानुपातिकतर्फ ८४ लाख मतगणना, एमालेले कटायो २३ लाख

काठमाडौं, ११ मंसिर ।  प्रतिनिधिसभा समानुपातिकतर्फ नेकपा एमालेले अग्रता कायमै राखेको छ । अहिले (आइतबार मध्यान्ह १२ बजे) सम्म ८४ लाख २१ हजार ७५३ मतगणना हुँदा पहिलो स्थानको एमालेले २३ लाख १६ हजार ७३६ मत पाएको छ ।

दोस्रोमा रहेका नेपाली कांग्रेसले २२ लाख कटाएको छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म कांग्रेसले २२ लाखा १८ हजार ७४६ मत पाएको छ । ९ लाख ६९ हजार ३९६ मतसहित नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहँदा चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको ९ लाख २८ हजार १२४ मत छ ।

यस्तै, राष्टि राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ८७ हजार ८५५, जनता समाजवादी पार्टी, नेपालले २ लाख ८९ हजार ८६८, नेकपा एकीकृत समाजवादीले २ लाख २४ हजार १७१ पाएको पाएको छ ।

जनमत पार्टीले २ लाख २३ हजार ९७९, नागरिक उन्मुक्ति पार्टीले १ लाख ९८ हजार ३४, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले १ लाख २० हजार ८४८ र नेपाल मजदुर किसान पार्टी ७० हजार २२ मत प्राप्त गरेको छ । यी बाहेकका अन्य दलले अहिलेसम्म पनि ५० हजार कटाउन सकेका छैनन् ।




यसमा तपाइको मत


Comments