16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

वैदेशिक रोजगारमा रहेकालाई पहिलोपटक आईपीओ खुल्दै




वैदेशिक रोजगारमा रहेकालाई पहिलोपटक आईपीओ खुल्दै

काठमाडौं, १३ मंसिर । कालिञ्चोक दर्शन लिमिटेडले पहिलो चरणमा आउँदो बुधबार (मंसिर १४ गते)बाट आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ बिक्री खुला गर्दैछ। यो आईपीओमा वैदेशिक रोजगारीमा गएका नेपालीका लागि १ लाख ८ हजार कित्ता सेयर छुट्याइएको छ।

नेपालको इतिहासमा पहिलो वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओमा कोटा निर्धारण गरिएको हो। पछिल्लो समय मुलुकको वैदेशिक मुद्रा सञ्चिति घटेसँगै सरकारले विदेशी मुद्रा भित्र्याउने योजनाअन्तर्गत नेपाल धितोपत्र बोर्ड (सेबोन)मार्फत वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयरमा १० प्रतिशत आरक्षण दिने व्यवस्था गरेको हो। जसअनुसार सेबोनले यससम्बन्धी कार्यविधि बनाएर लागू गरिसकेको छ। 

कार्यविधिमा यसरी कोटा छुट्याइएको आईपीओ भर्न रेमिट्यान्स खाताबाट भुक्तानी अनिवार्य गरेको छ। तर, बैंकहरुमा कति रेमिट खाता खोलिएका छन् भन्ने यकिन तथ्यांक न राष्ट्र बैंक छ न त नेपाल बैंकर्स एसोसिएसनसँगै छ। 

सीडीएससीले पनि हालै एउटा सूचना जारी गर्दै आईपीओ भर्न रेमिट्यान्स खाता खोली सीआरएन लिन वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आग्रह गरिसकेको छ। तर, अहिलेसम्म सीआरएन नम्बर लिनेको संख्या ३० जना पनि नकटेको सीडीएससीको तथ्यांक छ। 
 



Related News


यसमा तपाइको मत


Comments