13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

श्रमिक भर्ना गर्दा श्रम मापदण्ड पूरा गर्न मलेसियाली मानव संशाधन मन्त्रीको आग्रह





काठमाडौं, ६ माघ । मलेसियाका मानव संशाधन मन्त्री भी शिवकुमारले रोजगारदातालाई श्रमिक भर्ना गर्दा श्रम मापदण्ड पूरा भएको सुनिश्चित गर्न आग्रह गरेका छन् । 
बाँकी प्रक्रिया पछि गर्दै गए पनि सुरुमा श्रम मापदण्ड पुगे नपुगेको सुनिश्चित गर्नुपर्ने उनले बताएका द स्टारले लेखेको छ ।
यस्तै, श्रम स्वीकृतिको प्रक्रियालाई तीव्रता दिन र विदेशी श्रमिक ल्याउने विषयमा छुट दिएको उल्लेख गर्दै श्रम तथा अध्यागमन विभागले गर्ने समीक्षा पनि ६ ७ महिनाभित्र पूरा गरिने बताएका छन् । 

यस्तै उनले श्रमिक भर्ना आवेदनमा श्रमिकलाई थप सपोर्ट गर्ने प्रमाणित कागजात उपलब्ध गराउन पनि आग्रह गरे । पहिले झुटा कागजात पेस गर्ने गरेको पाइएको भन्दै उहाँले प्रमाणित कागजात मात्रै पेस गर्न आग्रह गरेका हुन् । 
अन्तर्राष्टिय श्रम संगठनले तोकेअनुसार श्रमिकको हित हुने काममा कुनै सम्झौता नगरी मलेसियाको छवि उँचो राख्ने काम गर्न पनि रोजगारदातालाई मन्त्री दातुकले आग्रह गरे । 
मलेसिया नेपाली श्रमिकको लागि प्रमुख श्रम गन्तव्य हो । पछिल्लो समय मलेसिया श्रमिकको अधिकारप्रति लचिलो बन्दै गएको छ । योसँगै मलेसिया जाने नेपाली श्रमिकको संख्या पनि बढ्दो छ ।
 



Related News


यसमा तपाइको मत


Comments