17 Magh, 2079 / 31 January , 2023
काठमाडौं, ९ माघ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका तीन जना पाइलटलाई निलम्बन गर्न निर्देशन दिएको छ। प्राधिकरणले हङकङ विमास्थलमा एटीसीको निर्देशनविपरीत जहाज अवतरण गराउने निगमका ३ पाइलटलाई निलम्बन गर्न निर्देशन दिएको हो। प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले पाइलटलाई कारबाही गर्न निगमलाई निर्देशन दिइसकेको जानकारी दिए।