11 Baishak, 2081 / 23 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सुनको मूल्य अहिलेसम्मकै उच्च




सुनको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं, १० माघ । सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाली बजारमा छापावाला सुनको मूल्य मंगलबार प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको हो।

सोमबार १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार उच्च मूल्यमा कारोबार भएको छ। महासंघका अनुसार यसअघि सुनको सबैभन्दा धेरै मूल्य गत वर्ष फागुनमा प्रतितोला १ लाख ५ हजार रुपैयाँ पुगेको थियो।

अहिले सुनको मूल्यले त्यो रेकर्ड पनि  तोडेको हो। चाँदीको मूल्य भने घटेको छ। सोमबार १ हजार ३ सय ८० रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा मंगलबार १ हजार ३ सय ६५ रुपैयाँ प्रतितोलामा कारोबार भएको हो।




यसमा तपाइको मत


Comments