16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

राष्ट्रपतिले गरिन् वसन्त श्रवण




राष्ट्रपतिले गरिन् वसन्त श्रवण

काठमाडौं, १२ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोका दरबारस्थित नासलचोक पुगेर बिहीबार वसन्त श्रवण गरेकी छन्। बिहीबार सरस्वती पूजा अर्थात् वसन्ती पञ्चमी अवसरमा राष्ट्रप्रमुखले नासलचोक पुगेर वसन्त श्रवण गर्ने परम्परा छ।

यो प्रचलन राजा प्रताप मल्लको पालादेखि चलेको इतिहासमा उल्लेख छ। सोही परम्पराअनुसार नासलचोक पुगेकी राष्ट्रपतिलाई नेपाली सेनाको टुकडीले सलामीसमेत अर्पण गर्नुका साथै पञ्चैबाजाले स्वागत गरिएको थियो। 

राष्ट्रपति भण्डारीले पुजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहण गरिन्। राष्ट्रपति भण्डारीले पनि वसन्त श्रवण अवसरमा विद्याकी देवी सरस्वतीको पूजाआराधना गरिन्। वसन्त श्रवण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थिति थिए। 
 




यसमा तपाइको मत


Comments