13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

रुसद्वारा पूर्वी युक्रेनको आवास क्षेत्रमा आक्रमण 




रुसद्वारा पूर्वी युक्रेनको आवास क्षेत्रमा आक्रमण 

एजेन्सी । पूर्वी युक्रेनको कोन्स्टान्टिनिभका सहरमा रुसी आक्रमणमा परि तीन जनाको ज्यान गएको छ । 
केही नागरिक घाइते भएका छन् । डोनेट्स्कका क्षेत्रीय गभर्नर पाभ्लो किरिलेन्कोले दिएको जानकारी अनुसार रुसी पक्षबाट आवास क्षेत्रमा गोली हानिएको थियो । बहुतले ४ वटा भवन, एउटा होटल र ग्यारेजमा पनि क्षति भएको छ ।
गएको फ्रेबुअरी २४ देखि युक्रेनमा निरन्तर आक्रमण गर्दै आएको रुसले सम्पूर्ण डोनेट्स्क क्षेत्रलाई आफ्नो पकडमा लिने प्रयास गरिरहेको छ । त्यसक्षेत्रलाई रुसले आफ्नो हिस्साका रुपमा घोषणा गरिसकेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डोनेट्स्क क्षेत्रमा ‘अत्यन्तै गम्भी’ अवस्था रहेको प्रतिक्रिया दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 



Related News


यसमा तपाइको मत


Comments