19 Chaitra, 2079 / 2 April , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

राहदानीका लागि एक महिने ‘प्रि इनरोलमेन्ट’ शुरु हुँदै




राहदानीका लागि एक महिने ‘प्रि इनरोलमेन्ट’ शुरु हुँदै

काठमाडौं, १५ माघ । राहदानी विभागले सोमबारबाट एक महिनाको अग्रिम अनलाइन आवेदन (प्रि इनरोलमेन्ट)को व्यवस्था गर्ने भएको छ । आइतबार सूचना प्रकाशित गर्दै विभागले दैनिक १ हजार ५ सयका दरले एक महिनाको ’प्रि इनरोलमेन्ट’ हुने जनाएको छ । विभागमा हालसम्म २ देखि ३ दिनको ’प्रि इनरोलमेन्ट’को मात्रै व्यवस्था रहेकोमा त्यसलाई समय लम्ब्याएर एक महिनाको अग्रिम आवेदनको व्यवस्था गरिएको हो ।
अग्रिम आवेदन छोटो अवधि हुँदा सेवाग्राहीले विभागबाट सेवा लिन नपाएर झन्झट ब्यहोर्नु परेको गुनासो सुनिने गरेको छ। सेवाग्राहीको सोही समस्या सम्बोधन गर्न विभागले प्रि इनरोलमेन्टको योजना ल्याएको जनाएको छ।
विभागले अहिले देखिएको भीड सहज नहुन्जेल एक महिनाको समयको प्रि इनरोलमेन्टको व्यवस्था गर्ने जनाएको छ । त्यसपछि मंगलबारबाट दैनिक रुपमा १५ सयका दरले प्रि इनरोलमेन्ट खुला हुने विभागले जनाएको छ । जसअनुसार माघ १७ गते प्रि इनरेलमेन्ट गर्नेले फागुन १६ सम्मको समय लिन सक्ने विभागले जनाएको छ । त्यसैगरी माघ १८ मा प्रि इनरोलमेन्ट गर्दा फागुन १७सम्मको समय लिन सकिने छ । विभागले हाल दैनिक ६ हजार राहदानी छपाइ गर्दै आएको छ । विभागले जारी गरेको सूचनामा विभाग लगायत विदेशस्थित कूटनीतिक नियोग, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालयले एक महिनाको प्रि इनरोलमेन्ट गराउने छन् । विभागले आफ्नोमा डेटा प्राप्त भएको मितिले काठमाडौं नजिकैका जिल्लाहरुमा १० देखि १२ दिन, तराईका जिल्लाहरुमा १२ देखि १५ दिनभित्र, पहाडका सुगम जिल्लामा १५ देखि २० दिन, हिमाली जिल्लाहरुमा २० देखि ३० दिन र विदेशस्थित नेपाली नियोगहरुमा २० देखि ३५ दिनभित्र राहदानी वितरण गर्ने व्यवस्था गरेको जनाएको छ ।


Secondary Middle

Related News


यसमा तपाइको मत


Comments

Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom