19 Chaitra, 2079 / 2 April , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

प्रचण्डविरुद्धको रिटको पेसी शुक्रबारका लागि सर्‍यो




प्रचण्डविरुद्धको रिटको पेसी शुक्रबारका लागि सर्‍यो

काठमाडौं, २५ फागुन । द्वन्द्व पीडितले दायर गरेको माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिटमा सुनुवाई सरेको छ। न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा उक्त रिट पेशी तोकिएको भएपनि श्रेष्ठको एकल इजलास नबस्दा सुनुवाई नभएको हो। अब शुक्रबारका लागि पेशी तोकिएको छ। शुक्रबार पुनः इजलास गठन हुनेछ।

प्रचण्डविरुद्ध द्वन्द्व पीडित ज्ञानेन्द्रराज आरनसहित र चिरञ्जिविवास गिरीसहितले छुट्टाछुट्टै रिट दायर गरेका छन्। सर्वोच्च प्रशासनले दरपिठ गरेको रिट न्यायाधीशको आदेशले गत मंगलबार दर्ता भएको थियो। रिटमा प्रचण्डले दिएको अभिव्यक्तिका आधारमा उनलाई पक्राउ गरेर ज्यान मुद्दाको कसुरमा कारबाही गर्न माग गरिएको छ।


Secondary Middle


यसमा तपाइको मत


Comments

Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom