08 Baishak, 2081 / 20 April , 2024
काठमाडौं, २५ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले पपुवा न्युगिनी (पीएनजी) माथि ५२ रनको जित निकालेको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको २९८ रनको लक्ष्य पछ्याएको पीएनजीले ४७.१ ओभरमा सबै विकेट गुमाएर २४५ रन मात्र बनाउन सक्यो ।
आसिफ शेखले आफ्नो करियरकै पहिलो अन्तर्राष्ट्रिय शतक बनाएपछि टस हारेर ब्याटिङमा आएको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाएर २९७ रनको योगफल खडा गरेको थियो ।