19 Chaitra, 2079 / 2 April , 2023
काठमाडौं, १ चैत । १० दलीय गठबन्धनको बैठक विना निष्कर्ष टुङ्गिएको छ । बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनकाे बैठक निष्कर्षविहीन टुङ्गिएको हो ।
बैठकमा उपराष्ट्रपति चुनावकाे बारेमा छलफल भएको नेकपा (माओवादी केन्द्र) का नेता शक्ति बस्नेतले जानकारी दिए । उनले १० दलका बीचमा सकारात्मकरूपमा बैठक सकिएको र बिहीवार बसेर थप निर्णय गर्ने बताए ।