19 Chaitra, 2079 / 2 April , 2023
काठमाडौं, ३ चैत । साउदीका जेलमा परेका नेपालीमध्ये अधिकांश रक्सी ओसारपसारमा लागेकाहरु रहेका त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले आफ्नो फेसबुक लाइभमार्फत यसबारे जानकारी दिँदै यस्तो कार्य नगर्न आग्रह समेत गरेको छ ।
यस्तो कार्यमा लगाउनेहरु पनि बढीजसो नेपाली नागरिक नै हुने गरेको दूतावासका श्रम काउन्सेलर देवेन्द्र कार्कीले बताउनुभयो । आफूले जेलमा पुगेर भेट्दा चिनजानकै मान्छेबाट ठगिएको भन्ने गुनासो आएकोले यसबारे सबैले सचेत रहन पनि उनले आग्रह गरे ।
साउदी नेपाली श्रमिककाे लागि प्रमुख गन्तव्य देश हाे । तर यहाँकाे कानुन कडा छ । नियमकानुनकाे बारेमा थाहा नहुँदा पनि वैदेशिक राेजगारीमा साउदीमा रहेका धेरै नेपाली श्रमिक फस्ने गरेका छन् ।