27 Jestha, 2080 / 10 June , 2023
काठमाडौं, ११ वैशाख । नेपाल एसीसी मेन्स प्रिमियर कपकाे सेमिफाइनलमा पुगेकाे छ । साउदी अरेबियासँगकाे खेल वर्षाका कारण टस पनि नभई रद्द भएसँगै नेपाल सेमिफाइनलमा पुगेकाे हाे ।
साेमबार मुलपानी क्रिकेट मैदानमा वर्षाका कारण खेल हुन नसकेपछि दुवै टाेलीले एक–एक अङ्क बाँडेका छन् । नेपालले मुलपानी क्रिकेट आज पहिलाे अन्तर्राष्ट्रिय खेल खेल्न लागेकाे थियाे ।
खेल रद्द भएसँगै नेपाल तीन खेलमा पाँच अङ्कसहित समूह 'ए' काे शीर्ष स्थानमा छ । ओमान उति नै खेलमा चार अङ्कसहित दाेस्राे र साउदी अरेबिया उति नै खेलमा तीन अङ्कसहित तेस्राे स्थानमा छ ।
अब नेपालले अन्तिम खेलमा आउँदाे वैशाख १४ गते कीर्तिपुरकाे त्रिवि मैदानमा कतारसँग खेल्नेछ । याे खेल जितेमा नेपाल समूह विजेता बन्नेछ । यही समूहको अन्तिम खेलमा ओमान र साउदी अरेबिया खेल्नेछन् । याे खेलको विजेता यो समूहबाट सेमिफाइनलमा पुग्ने अर्को टाेली बन्नेछ ।
यस्तै वर्षाका कारण त्रिवि क्रिकेट मैदानमा हङकङ र बहराइनबीचको खेल पनि हुन सकेको छैन ।