27 Jestha, 2080 / 10 June , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कतारविरुद्ध नेपालको सानदार जित, समूह विजेता बन्दै सेमिफाइनलमा




कतारविरुद्ध नेपालको सानदार जित, समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौं, १४ वैशाख । एसिसी प्रियिमर कपमा नेपाल विजयी भएको छ। ब्याटबाट ४२ रन बनाएका सन्दीप सन्दीप लामिछानेले बलिङमा ५ विकेट लिएपछि नेपालले कतारलाई ६८ रनले हराएकाे हाे । यो जितसँगै नेपाल समूह एबाट विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको छ । समूहमा नेपालले मलेसिया, ओमान र कतारलाई हराउँदै साउदीसँगको वर्षाका कारण हुन सकेन । अपराजित नेपालले ४ खेलमा ७ अंक जोड्यो। ६ अंक जोडेको ओमान उपविजेताका रुपमा सेमिफाइनलमा पुगेकाे छ । 

कीर्तिपुरस्थि टियू मैदानमा पहिला ब्याटिङ गर्दै नेपालले दिएको १५८ रनको सामान्य लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा ८९ रनमै अलआउट भयो।

कतारका लागि तीन ब्याट्सम्यानले मात्र दोहोरो अंकमा स्कारे बनाउन सके। उसका खुराम सहजाद र जाहिर इब्रहिमले समान १५ रन बनाउँदा अमिर फारुकले १४ रन बनाए।

कतारलाई सस्तैमा समेट्ने क्रममा सन्दीप र सोमपाल कामीले घातक बलिङ गरे। सन्दीपले ९.१ ओभरमा ३ मेडनसहित १४ रन खर्चेर ५ विकेट लिए। यस्तै, सोमपालले ७ ओाभरमा १ मेडनसहित २४ रन खर्चेर ३ विकेट लिए। ललित राजवंशीको नाममा पनि २ विकेट रह्यो।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले खराब ब्याटिङ गर्दै ४०.३ ओभरमा अलआउट हुँदै १५७ रन मात्र बनाउन सक्यो।

२८ ओभरमा १११ रन बनाउँदा ९ विकेट गुमाएको नेपालको इनिङ सम्हाल्ने क्रममा सन्दीप लामिछानेले उत्कृष्ट ब्याटिङ गरे। करिअरकै सर्वाधिक रन बनाएका सन्दीप ५८ बलमा ६ चौका प्रहार गर्दै ४२ रनमा नआउट रहे।

उनले १०औं विकेटका लागि ललित राजवंशीसँग ४६ रनको महत्वपूर्ण साझेदारी गरे। यो साझेदारीले नेपालले १५० रन कटाउन सफल भयो । अन्तिम विकेटका रुपमा आउट भएका ललितले १७ बलमा १ रन बनाए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहितकुमार पौडेलले २७, आसिफ सेखले १९, दीपेन्द्रसिंह ऐरीले १२ र सोमपाल कामी र आरिफ सेखले समान ११ रन बनाए।

नेपालको इनिङ धरासायी बनाउने क्रममा कतारका अमिर फारुकले ४ तथा ओइस अहमेदले ३ विकेट लिए। यस्तै, गायन मुनाविराले २ विकेट लिए।


Secondary Middle

Related News


यसमा तपाइको मत


Comments

Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom