15 Chaitra, 2080 / 28 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाइँदै




खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाइँदै

काठमाडौं,३१ वैशाख । बृहत् खोप अभियान अन्तर्गत आइतबार देशभर छुटेका बालबालिकालाई खोप लगाइँदैछ । खोप लगाउन छुटेका ५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशैभरिका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिनाभित्र लगाउनु पर्ने नियमित खोप छुटेका ५ वर्षमुनिका सबै बालबालिकालाई दिइँदैछ ।

जन्मने वित्तिकै लगाउने बीसीजी, ६ हप्तामा लगाउने रोटा, पोलियो, पीसीभी, डीपीटी र हेप बी हिब, १० हप्ताभित्र लगाउने रोटा, पोलियो, पीसीभी, डीपीटी र हेप बी हिब, १४ हप्ताभित्र लगाउनु पर्ने पोलियो, एफएईपीभी, हेप बी हिब, ९ महिनाभित्र लगाउनुपर्ने, एफ आई, पीभी, पीसीभी, दादुरा रुबेला र १५ महिनाभित्र लगाउनु पर्ने दादुरा–रुबेला र टाइफाइड जस्ता खोप दिइनेछ ।

यसअघि गएको वैशाख १५ गते छुट खोप दिइएको थियो । छुटेका बालबालिकालाई खोप लगाउनका लागि मन्त्रालयले बृहत् खोज र खोप अभियान सञ्चालन नै गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले आफ्ना बालबालिकालाई नियमित खोप छुटेको भए लगाउन अभिभावकलाई अनुरोध गरेका छन् । 




यसमा तपाइको मत


Comments