27 Jestha, 2080 / 10 June , 2023
काठमाडौं,७ जेठ । काठमाडौं महानगरपालिका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन) ले आफ्नो महानगर क्षेत्रभित्रका अस्पतालहरूलाई उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कूल शय्याको १० प्रतिशत छुट्याई निःशुल्क उपचार गर्न निर्देशन दिएका छन्।
मेयर शाहले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७, परिच्छेद २४ दफा ७० (घ) मा सो व्यवस्था भएको उल्लेख गर्दै महानगरका अस्पतालहरूलाई त्यो कार्यान्वयन गर्न भनेका हुन्।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ दफा ११ (४) ख २ मा स्वास्थ्य संस्थाको नियमन गर्ने कानुनी अधिकारसमेत स्थानीय तहलाई रहेको स्मरण उनले गराएका छन्।