27 Jestha, 2080 / 10 June , 2023
काठमाडौं, ८ जेठ । स्विटजरल्याण्ड पठाइदिन्छु भनी रकम ७ लाख रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-४ स्थायी घर भई हाल बाँके कोहलपुर नगरपालिका-११ दशबिघा बस्दै आएकी ४६ वर्षीया पार्वती थापा रहेकी छिन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीलाई उनलाई गोंगबुबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।