27 Jestha, 2080 / 10 June , 2023
काठमाडौं, १० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमाथि आशंका व्यक्त गरेका छन् ।
बुधबारको प्रतिनिधि सभाको सुरूमै विशेष समय लिँदै लामिछानेले अहिलेको अनुसन्धानले चाहेको जस्तो छानबिन हुन नसक्ने भन्दै संसदले विशेष समिति बनाएर छानबिन गर्नुपर्ने माग गरेका हुन् ।
लामिछानेले यो प्रकरणको लेनदेन दिउँसै दिन दहाडै बालुवाटारस्थित प्रधानमन्त्री निवास, सिंहदरबारबाट भएको विषयहरू आइरहेका भन्दै यो मुछिएका केही व्यक्तिलाई अनुसन्धानको दायरामासमेत नल्याएकोमा उनले आपत्ति जनाए ।
उनले प्रधानमन्त्री र गृहमन्त्रीले सुरूमा मुटु दह्रो छ भनेर भनेकामा टिप्पणी गर्दै अब प्रधानमन्त्रीको मुटु कहाँ गएर चेक गर्ने ? भन्दै प्रश्न गरे ।