27 Jestha, 2080 / 10 June , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

नक्कली शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दायर (पूर्णपाठ)




नक्कली शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दायर (पूर्णपाठ)

काठमाडौं, १० जेठ ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको छ। प्रहरीले सोमबार बुझाएको अनुसन्धानको फाइल अध्ययन गरेपछि बुधबार अदालतमा फाइल लगिएको हो।
प्रहरीले ५७ दिन अनुसन्धानपछि राय सहितको अनुसन्धान प्रतिवेदन बुझाएको हो। पक्राउ परेका १६ जना र अन्य १४ प्रतिवादी बनाएर फाइल बुझाइएको छ।
चैत ११ गते प्रहरीले यस प्रकरणमा तीन जनालाई पक्राउ गरेको थियो। वैशाख ४ गतेसम्म प्रहरीले धरपकड भने जारी नै राखेको थियो। प्रहरीले संगठित अपराध, ठगी, राज्यविरुद्धको अपराध कसुरमा कारबाही गर्ने सुझाव दिएको छ। तर, सरकारी वकिल कार्यालयले सरकार कागजत किर्ते र एकीकृत कसुर समेत यो मुद्दामा लगेको छ। ३० जना विरुद्धै साढे २८ करोड बिगो माग दाबी सहित मुद्दा दर्ता भएको हो।


Secondary Middle


यसमा तपाइको मत


Comments

Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom