16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

ओमानबाट पुनः श्रम स्वीकृतिको तयारी




ओमानबाट पुनः श्रम स्वीकृतिको तयारी

काठमाडौं, १२ जेठ । ओमानमा रहेको नेपाली दूतावासले आउँदो जेठ १८ देखि पुनः श्रम स्वीकृति दिने तयारी गरेको छ । सरकारले विदेशमा रहेका नेपाली दूतावाबाट पनि पुनः श्रम स्वीकृति सेवा प्रदान गर्ने निर्णय गरेसँगै जेठ १८ देखि ओमानबाट पनि पुनः श्रम स्वीकृति दिने तयारी गरेको हो । 
दूतावासका अनुसार दूतावासले दैनिक १५ जनालाई पुनः श्रम स्वीकृति प्रदान गर्ने छ तर सेवा लिने बढ्दै गएमा आवश्यकता अनुसार दैनिक सेवा प्रवाह गर्ने सङ्ख्या थपघट गर्न सकिने छ । कतार दूतावासको यो तयारीसँगै करार अवधि सकिएर पुनः श्रम स्वीकृतिका लागि स्वदेश आउनुपर्ने बाध्यता हटेको छ । पुनः श्रम स्वीकृति लिनका लागि वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा आबद्ध भएर अनलाइनबाटै आवेदन दिन सकिने जनाइएको छ । 



Related News


यसमा तपाइको मत


Comments