15 Chaitra, 2080 / 28 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

'कसम खानेहरू बडाे खतरनाक हुन्छन्, धन्न अर्थमन्त्रीले कसम खानुभएन'




'कसम खानेहरू बडाे खतरनाक हुन्छन्, धन्न अर्थमन्त्रीले कसम खानुभएन'

काठमाडौं, २३ जेठ ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले कसम खानेहरू खतरनाक हुने बताएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकम बजेटमाथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले अर्थमन्त्रीले रोस्ट्रममा कसम नखाएको भन्दै कसम खानेहरु बडाे खतरनाक हुने बताए।

अध्यक्ष ओलीले अर्थमन्त्रीले दिएको संसदमा दिएको जवाफमा शंकाको सुविधा दिन सकिने बताएका छन्। बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई प्रवेश गराइएको विषयमा सांसदहरुले प्रश्न उठाएपछि अर्थमन्त्री डा.प्रकाशशरण महतले संसदमा त्यसको जवाफ दिएका थिए।

‘अर्थमन्त्रीले जवाफ दिनेक्रममा कसम खानु भएन । कसम खानेहरु बडाे खतरनाक हुन्छन्। ‘त्यसकारण अर्थमन्त्रीज्यूलाई ‘बेनिफिट अफ डाउट’ दिन सकिन्छ,’ ओलीले भने।




यसमा तपाइको मत


Comments