06 Baishak, 2081 / 18 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

असार १ देखि सडक खन्न नपाउने




असार १ देखि सडक खन्न नपाउने

काठमाडौं,२५ जेठ । सरकारले असार १ गतेदेखि सडक खन्न प्रतिबन्ध लगाएको छ । सडक विभागले बिहीबार सूचना प्रकाशन गर्दै असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको हो । 

वर्षायाममा अन्य संरचना समेत बिग्रिँदै जाने भएकाले सडक खन्न रोक लगाइएको विभागले जारी गरेको सूचनामा उल्लेख छ । असार १ गतेदेखि भदौ मसान्तसम्मको अवधिमा सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं र सडक डिभिजनहरू मातहतका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने विभागले जनाएको छ ।

जबरजस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने चेतावनी सूचना दिइएको छ । 
 




यसमा तपाइको मत


Comments