09 Ashwin, 2080 / 26 September , 2023
काठमाडौं, २५ जेठ । रास्वपा सांसद बिनिता कठायतले पोर्चुगलमा नेपाली दूतावास खोल्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएकी छन्। बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद कठायतले उक्त प्रस्ताव राखेकी हुन्।
पोर्चुगलस्थित नेपालीहरुको मागअनुसार उक्त कुरा परराष्ट्र मन्त्रालय समक्ष राखेको सांसद कठायतले बताएकी छन्।
‘मलाई पोर्चुगलमा बस्ने थुप्रै नेपालीबाट एउटा प्रश्न आएको छ। हामी यहँ ६० हजार जति पुग्यौं। हाम्रा लागि दूतावास चाहियो,’ उक्त कुरा उदृत गर्दै सांसद कठायतले सरकारको ध्यानाअर्षण गर्दै भनिन्,‘म यस विषयमा परराष्ट्र मन्त्रालयको ध्यानाअकर्षण गराउन चाहान्छु। त्यहाँ रहेका नेपालीको आवाज तपाईं समक्ष पुगोस्।’