09 Ashwin, 2080 / 26 September , 2023
काठमाडौं, २६ जेठ । साउदी अरबमा वैदेशिक रोजगारीको भिसाका लागि जाने नेपाली श्रमिकले सरकारबाट प्रमाणित शैक्षिक योग्यताको प्रमाणपत्र बुझाउनुपर्ने भएको छ । नेपालस्थित साउदी दूतावासले १२ जुनदेखि भिसा प्रक्रियाका लागि परराष्ट्र मन्त्रालयबाट प्रमाणीकरण (एटेस्टेसन) भएको शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्न निर्देशन दिएको हो ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघराज भुर्तेलका अनुसार यो व्यवस्थाले एसईई वा सोही तहका अन्य शैक्षिक कोर्सभन्दा कम योग्यता भएका श्रमिकले साउदीको भिसाका लागि आवेदन नै दिन नपाउने अवस्था बन्नेछ ।